Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सिरियामा हवाई आक्रमण हुँदा सैन्य कमाण्डरसहित ७ जनाको मृत्यु

    सिरियामा हवाई आक्रमण हुँदा सैन्य कमाण्डरसहित ७ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २० चैत्र २०८०
  • 264
    SHARES

    एजेन्सी। सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा आक्रमण हुँदा सैन्य कमाण्डरसहित सात जनाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा इरानको कुद्स फोर्सका कमाण्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी, डेपुडी ब्रिगेडिएर जनरल मोहम्मद हादी हाजी रहीमी रहेका छन् ।



    मोहम्मद रेजा जाहेदी इरानका शीर्ष कमाण्डरमध्येका एक हुन् । सोमबार भएको यो आक्रमण कसले गरेको हो भन्ने खुलेको छैन ।



    इरान र इजरायलबीच यस प्रकारको हत्याको इतिहास भए पनि इजरायलबाट हालसम्म कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।

    सीरियाको रक्षा मन्त्रालयले आक्रमण इजरायलले गरेको जिकीर गरेको छ । इजरायली एयरक्राफ्टले गोलान हाइट्सबाट इरानको वाणिज्य दूतावासमा आक्रमण गरेको जनाएको छ ।

    सिरियामा इरानको वाणिज्य दूतावास पश्चिमी मेजास्थित एक हाईवेमा छ । सिरियाले इजरायलका केही मिसाइललाई खसालेको र केहीलाई रोक्न नसकेको पनि जनाएको छ ।

    यो आक्रमण स्थानीय समय अनुसार सोमबार साँझ करिब ५ बजेतिर भएको थियो । आक्रमण यति भयानक थियो कि ठूलो भवन पनि ध्वस्त भएको छ । इरान र सिरिया दुवै सरकारले आक्रमणको निन्दा गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार