Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • रुसी हवाइ आक्रमणबाट सिरियामा १३ जना मारिए

    रुसी हवाइ आक्रमणबाट सिरियामा १३ जना मारिए

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 825
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसले उत्तरपश्चिम सिरियामा गरेको हवाई आक्रमणमा दुई बालबालिकासहित १३ जना मारिएका छन् ।

    घटनामा घाइते भएका ३० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । रुसले विद्रोही समूहको कब्जामा रहेका क्षेत्रहरूमा आक्रमण गरेको थियो ।



    बेलायतमा रहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका प्रमुख रामी अब्देल रहमानले आइतवारको आक्रमण सिरियामा यस वर्षको सबैभन्दा घातक भएको बताएका छन् ।



    गत हप्ता विद्रोहीहरूले रसियामा ड्रोनबाट आक्रमण गरेका थिए, जसको रुसले सिरियामाथि आक्रमण गरेर प्रतिक्रिया दिएको हो । तर, रुसले सिरियाली राष्ट्रपति बसर असादको शासनलाई समर्थन गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार