Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

    सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 417
    SHARES

    फाइल तस्विर

    दमास्कस, सिरिया । सिरियामा इस्लामिक स्टेट (आइएस) ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु भएको सिरियाली मानवअधिकार अनुगमनकारी संस्थाले शुक्रबार जनाएको छ ।

    ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले भनेको छ, “मध्य प्रान्त होम्सको पूर्वमा रहेको मरुभूमि क्षेत्रमा एउटा सैन्य बसलाई लक्षित गरी मध्यम र भारी मेशिनगनले आक्रमण गरिएको र आक्रमणमा सरकार समर्थक लडाकु ‘अल–कुद्स ब्रिगेड’का २२ जनाको मृत्यु भएको हो ।



    पूर्वी सिरियाको अल–बुकामाल सहरको ग्रामीण इलाकामा रहेको सिरियाली सेनाको मुख्यालयमा इस्लामिक स्टेट ९आइएस० लडाकु समूहले गरेको अर्को आक्रमणमा परी ६ सिरियाली सैनिकको मृत्यु भएको छ ।



    सिरियाको मरुभूमिमा यस वर्षको सुरुदेखि अहिलेसम्म ३२९ जनाको मृत्यु भएको उक्त संस्थाले जनाएको छ । रासस/एएफपी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार