Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • अमेरिकी हवाई आक्रमणबाट सिरियामा नौ जनाको मृत्यु

    अमेरिकी हवाई आक्रमणबाट सिरियामा नौ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २३ कार्तिक २०८०
  • 789
    SHARES

    फाइल तस्विर

    एजेन्सी । सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकूको मृत्यु भएको छ ।

    सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जोरमा रहेको सैन्य स्थल र हतियार डिपोमा आक्रमण गरेको हो ।



    सोही कारण गम्भीर घाइते भएका लडाकूको सङ्ख्या अझै धेरै रहेको छ भने मृत्यु हुनेको सङ्ख्या बढ्न सक्नेछ ।



    पेन्टागनले इराक र सिरियामा अमेरिकी सैनिकमाथि भएको आक्रमणको जवाफमा अमेरिकी सेनाले पूर्वी सिरियाको एक क्षेत्रमा ‘आत्मरक्षाका लागि हवाई आक्रमण’ गरेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार