Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • इजरायली हवाई आक्रमणमा परी सिरियामा ३६ सैनिकको मृत्यु

    इजरायली हवाई आक्रमणमा परी सिरियामा ३६ सैनिकको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १७ चैत्र २०८०
  • 234
    SHARES

    एजेन्सी । सिरियाको एलेप्पो सहरमा रहेको सैनिक शिविरलाई लक्षित गरी इजरायलले हवाई आक्रमण गरेको छ।

    आक्रमणमा परी ३६ सिरियाली सैनिकको मृत्यु भएको छ । एलेप्पो अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको जिब्रिन क्षेत्रमा रहेको हिज्बुल्लाह गोदाममा आक्रमण भएको थियो ।



    बेलायतमा रहेको वाचडग समूहले उत्तरी अलेप्पोको ग्रामीण इलाकामा करिब तीन घण्टासम्म चलेको आक्रमणमा सबैभन्दा बढी सिरियाली सैनिकको मृत्यु भएको बताएको छ ।



    सफिरा क्षेत्रमा रहेको डिफेन्स फ्याक्ट्रीहरूलाई पनि निशाना बनाइएको थियो ।

    सिरियाली रक्षा मन्त्रालयको विज्ञप्तिमा स्थानीय समय अनुसार शुक्रबार सवा दुई बजे इजरायली सेनाले अलेप्पोको दक्षिणपूर्वमा रहेको एथ्रियाको दिशाबाट हवाई आक्रमण सुरु गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार