Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भरतपुर महानगरको मेयरमा बागी उम्मेदवारी दिएका पौडेलले उम्मेदवारी फिर्ता लिएनन्

    भरतपुर महानगरको मेयरमा बागी उम्मेदवारी दिएका पौडेलले उम्मेदवारी फिर्ता लिएनन्

    अनलाइन नेपाल
  • शुक्रबार, १६ बैशाख २०७९
  • 1.2K
    SHARES

    चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने भएका छन् ।

    शुक्रबार पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिने अन्तिम समय थियो । दिनभर आफ्नो घर भरतपुर महानगरपालिका-७ कृष्णपुरमा समर्थक माझ बसेका पौडेलले उम्मेदवारी फिर्ता लिने समय सकिए लगत्तै संक्षिप्त कोणासभालाई सम्बोधन गरेका थिए ।



    गठबन्धनबाट मेयर पदमा माओवादी केन्द्रबाट रेनु दाहाल र उपमेयरमा कांग्रेसकाचित्रसेन अधिकारीले उम्मेदवारी दिएका छन् ।



    कांग्रेसका नेता पौडेलले पनि मेयरमा स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तासाझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।

    पौडेलले नमानेपछि प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई बुधबार भरतपुर पठाएका थिए । तर पौडेललाई मनाउन नसकेपछि गृहमन्त्री खाँण शुक्रबार दिउँसो मात्र काठमाडौं फर्के ।

    पौडेलले उम्मेदवारी दिँदा कांग्रेस चितवनका पूर्व सभापति कृष्णलाल सापकोटा प्रस्तावक र कांग्रेस महासमिति सदस्य मिना खरेल समर्थक रहेका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार