Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रेस काउन्सिल नेपालका अध्यक्ष केन्या प्रस्थान

    प्रेस काउन्सिल नेपालका अध्यक्ष केन्या प्रस्थान

    अनलाइन नेपाल
  • सोमबार, १९ बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । विश्व प्रेस काउन्सिलको वार्षिक साधारण सभामा भाग लिन प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत सोमबार केन्याको राजधानी नैराबीतर्फ प्रस्थान गरेका छन् ।

    मिडिया काउन्सिल अफ केन्याको निमन्त्रणामा अध्यक्ष बस्नेतको टोली केन्या प्रस्थान गरेको हो ।



    ३ दिने उक्त सभामा अध्यक्ष बस्नेतले नेपालको पत्रकारिता र आमसञ्चार माध्यमको पछिल्लो अवस्थाबारे प्रतिवेदन प्रस्तुत गर्नेछन् ।



    टोलीमा काउन्सिल सदस्य ठाकुरप्रसाद बेलबासेसमेत रहेका छन् । विश्व प्रेस काउन्सिलको बैठक यसअघि सन् २०१९ सेप्टेम्बरमा अजरबैजानको बाकूमा बसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार