Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • कपन डुबानका मुख्य मतियार बुढानीलकण्ठ नगरपालिकामा एमालेका मेयरका उम्मेदवार

    कपन डुबानका मुख्य मतियार बुढानीलकण्ठ नगरपालिकामा एमालेका मेयरका उम्मेदवार

    अनलाइन नेपाल
  • सोमबार, २६ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपा (एमाले)बाट बुढानीलकण्ठ नगरपालिकाको मेयरमा जितेका उद्धव खरेलको ५ बर्षे कार्यकालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनालाई घुस लिंदालिंदै पक्राउ गरेको छ । छुट्टाछुट्टै भ्रष्टाचारकाण्डमा घुस लिंदालिंदै पक्राउ पर्नेमा प्रमुख प्रशासकीय अधिकृत लीला अधिकारी, श्याम अधिकारी, बिजेन्द्र श्रेष्ठ, विनोद पौडेल लगायत ५ जना छन् ।

    लीला अधिकारी र बिजेन्द्र श्रेष्ठ निर्माण ब्यवसायीलाई अनुभवनको प्रमाणपत्र दिंदा ५ लाख रुपैयाँ घुस लिइसकेपछि पक्राउ परेका हुन । काठमाडौंका नगरपालिकाहरुमा सबैभन्दा बढी घुस लिंदालिदै कर्मचारी पक्राउ परेको बुढानीलकन्ठ अग्रस्थानमा आउने गरी बदनाम भयो । मेयर उद्धव खरेलले यो ५ बर्षे दौरानमा कपन डुवान समस्या समाधानमा गम्भीरतापूर्वक पहल नै गर्न सकेनन् । सार्वजनिक जग्गा अतिक्रमणको छानबिन गर्ने कुरा मेयर हुनुअघि उठाएका उनले त्यतातिर कुनै चासो समेत नदिई कार्यकाल ब्यतित गरे ।



    खरेलको कार्यकालमा बुढानीलकन्ठमा ७ जना त प्रमुख प्रशासकीय अधिकृत नै परिवर्तन भए । सामान्यतया निजामती कर्मचारीको सरुवा हरेक २ बर्षमा हुन्छ । ५ बर्षमा बढीमा ३ जना प्रमुख प्रशासकीय अधिकृत परिवर्तन हुनुलाई स्वभाविक मानिए पनि ७ जना फेरिनुमा मेयर खरेलसँग खानपिनमा कुरा नमिलेरै सरुवा भएको अनुमान लगाउन जोकसैले सक्दछ ।



    खरेलको ५ बर्षे कार्यकालमा ७ जना प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भए । विश्वराज मरासिनी प्रमुख प्रशासकीय अधिकृत हुँदा खरेल मेयर निर्वाचित भएका थिए । मरासिनीबाट नगरपालिकाको सेटिङमा साथ नमिल्ने भएपछि खरेलले लीला अधिकारीलाई लगे । अधिकारी ५ लाख घुस लिंदालिंदै पक्राउ परिन् । त्यसपछि प्रदीप पौडेललाई लगियो । पौडेल पनि धेरै समय टिक्न सकेनन् । पौडेलपछि कुमार कोइरालालाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरि लगियो ।

    कोइरालाले पनि धेरै समय मेयर खरेलको सेटिङमा साथ दिन नसकेपछि नारायण रिसाललाई रोजेर ल्याइएको थियो । रिसालपछि बैकुन्ठ सापकोटा आए । सापकोटाको कार्यकाल पनि छोटो रह्यो । उनीपछि राजेन्द्र कार्की आएका थिए । कार्कीसँग पनि लेनादेना र आफन्तलाई जागिर लाउने बिषयमा कुरा नमिलेपछि भुवनेश्वर लामिछानेलाई प्रमुख प्रशासकीय अधिकृतमा लगिएको छ । लामिछाने नायबसुब्बा हुँदा साविक कपन गाविसको सचिव थिए । उनी आएको पनि केही महिनामात्र भएको छ ।

    एमालेले खरेलले नगरपालिकाको नेतृत्व गर्न नसकेको निष्कर्ष निकालेरै ब्ढानीलकण्ठमा मिठाराम अधिकारीलाई उम्मेदवार बनाएको छ । अधिकारी २०५४ मा साविक कपन गाविसका अध्यक्ष थिए । उनकै कार्यकालमा कपनमा अन्धाधुन्द जग्गा प्लटिङ गर्न अनुमति दिंदा खोलोसमेत पुरियो । जसका कारण कपन आनीगुम्बादेखि साततलेसम्म सधैं डुबानमा पर्ने गरेको छ । कपनलाई जापान बनाएको भाषण गर्ने मिठरामकै कार्यकालमा खोला पुरेर जग्गा प्लटिङको अनुमति दिंदा अहिले कपन डुबानको समस्या देखिएको कुरा सबैलाई थाहा छ । कपन जापान होइन, अब्यवस्थित बसोबास भएको ठाउँ भनेर चिनिएको छ ।

    मिठराम अधिकारीले सार्वजनिक जग्गा संरक्षण गरेको भाषण पनि गरेका छन् । जबकि उनी गाविस हुँदा नै कपन गुम्बाले ३९ रोपनी सरकारी जग्गामा पर्खाल लगाई अतिक्रमण गरेको कपनगढीका बासिन्दाको मानसपटलमा ताजै छ । गुम्बाले पर्खाल लगाउँदा त्यहाँभित्र रहेको मन्दिरमा समेत स्थानीय जानबाट बन्चित भएका छन् ।

    गुम्बासँग ठू्रलो रकम घुस लिएर ३९ रोपनी सरकारी जग्गाको हिसाबकिताव कपनबासीले खोजिरहेका छन् । गुम्बाको वरिपरिको बाटो बिस्तार गर्दा पनि एकातिरको भाग मात्र पारिएको छ । बाटो बिस्तार गर्दा दायाँबायाँ दुवैतिरको जग्गा बराबर काटिनुपर्नेमा बायाँतिरको भागमात्र काटेर गुम्बाको पर्खाल नै भत्काइएन । यसरी बाटो बिस्तार गर्दा पनि गुम्बाको जग्गा जोगाउँदा के कति चलखेल कस कसले गरे त्यसको एक एक हिसाबकिताव खोजी कपनबासीले यही चुनावमा गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार