Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • २९ जना पत्रकारसहित १८३ सञ्चारमाध्यममाथि प्रेस काउन्सिलको कारबाही, ४४ वटा वेभसाइट बन्द

    २९ जना पत्रकारसहित १८३ सञ्चारमाध्यममाथि प्रेस काउन्सिलको कारबाही, ४४ वटा वेभसाइट बन्द

    अनलाइन नेपाल
  • मंगलबार, २७ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । प्रेस काउन्सिल नेपालले स्थानिय तह निर्वाचन आचार संहिता उलंघन गरेको भन्दै २९ जना पत्रकारसहित १८३ सञ्चारमाध्यमलाई कारबाही गरेको छ । फेसबुकबाट कुनै दल विशेष वा उम्मेदवारको प्रचारप्रसार मत आह्वान गर्ने २९ जना पत्रकार कारबाहीमा परेका हुन् ।

    त्यस्तै प्रेस काउन्सिल नेपालले ४४ वटा वेब पोर्टललाई नेपाल भित्र सम्प्रेषण हुन नसक्ने गरी कारबाही गरेको जनाएको छ । दर्ता नै नभएका ती अनलाईनहरुलाई कारबाही गरिएको काउन्सिलले जनाएको छ ।



    काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले हस्ताक्षर गरेको विज्ञप्तिमा चैत्र २६ गतेदेखि बैशखा २६ गतेसम्म गरिएको अनुगमनमा २२३ वटा आचारसंहिता प्रतिकुल सामग्री सम्प्रेषण भएको पाइएको उल्लेख छ ।



    तीमध्ये २३ वटा पत्रिका, २० वटा रेडियो, १० वटा टेलिभिजन, ४६ वटा अनलाईन, ४४ वटा वेभपोर्टल र २९ जना पत्रकारमाथि विभिन्न प्रकारका कारबाही भएको उल्लेख छ ।

    काउन्सिलका अनुसार २८ वटा अनलाइन र ६ वटा पत्रिकालाई स्पष्टिकरण सोधिएकोमा २ संचार माध्यमबाट पेश भएको स्पष्टिकरण चित्त बुझ्दो नदेखिएकाले प्रथम पृष्ठमै क्षमायाचना प्रकाशन गर्न निर्देशन दिएको छ ।

    त्यस्तै ८१ वटा संचार माध्यमलाई आचारसंहिता पालना गर्न निर्देशन दिएको छ भने १७ वटालाई सचेत गराइएको छ । त्यसैगरी २९ जना पत्रकार र १७ वटा सञ्चारमाध्यमलाई ध्यानाकर्षण गराइएको काउन्सिलले जनाएको छ ।

    काउन्सिलले आज मध्यरातबाट शुरु हुने मौन अवधिमा आचार संहिता पालनामा थप सचेत रहन समेत निर्देशन दिएको छ ।

    कुन संचार माध्यममाथि कस्तो कारबाही ?

    बोहराका अनुसार १३९ संचार माध्यममा गत चैत्र २६ गतेदेखि हालसम्म १५० वटा भन्दा बढी आचारसंहिता प्रतिकुल सामग्री सम्प्रेषण भएका छन् । ती मध्ये ३६ वटा संचार माध्यमलाई स्पष्टिकरण सोधिएकोमा २ संचार माध्यमबाट पेश भएको स्पष्टिकरण चित्त बुझ्दो नदेखिएकाले प्रथम पृष्ठमै क्षमायाचना प्रकाशन गर्न निर्देशन दिएको छ । त्यस्तै ८१ वटा संचार माध्यमलाई आचारसंहिता पालना गर्न निर्देशन दिएको छ । १७ वटालाई सचेत गराइएको छ । १७ वटालाई ध्यानाकर्षण गराइएको छ । आजै राती शुरु हुने मौन अवधिमा आचार संहिता पालनामा थप सचेत रहन समेत काउन्सिलले निर्देशन दिएको छ ।

    कुन संचारमाध्यममाथि कस्तो कारबाही ?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार