Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • ६ घण्टापछि प्रहरी नियन्त्रणबाट मुक्त भए धर्मेन्द्र

    ६ घण्टापछि प्रहरी नियन्त्रणबाट मुक्त भए धर्मेन्द्र

    अनलाइन नेपाल
  • बिहिबार, २९ बैशाख २०७९
  • 1K
    SHARES

    दाङ । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला प्रहरी नियन्त्रणबाट मुक्त भएका छन् । बास्तोलालाई दाङको भालुबाङ प्रहरीले ६ घण्टापछि छाडेको हो ।

    इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक सुजन विक्रम शाहले बास्तोला प्रहरी नियन्त्रणबाट मुक्त भएको जनाएका छन् । पोखराबाट नेपालगञ्ज जाँदै गरेका बास्तोलालाई बिहीबार बिहान ४ बजे भालुबाङ प्रहरीले नियन्त्रणमा लिएको थियो ।



    बुटवलमा भएको बम विस्फोटको घटनामा नेकपा बहुमत पार्टीको संलग्नताको आशंकामा बास्तोलालाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । बास्तोला सहित उनका सहयोगीहरू राजेन्द्र साउद र अचल मोक्तानलाई ६ घण्टा निगरानीमा राखेर बुटवलमा भएको बम विस्फोटमा संलग्नता नदेखिएपछि रिहा गरिएको प्रहरीले जनाएको छ ।



    प्रहरी समक्ष बास्तोताले आफ्नो पार्टीले चुनाव बहिस्कार गर्ने कुनै नीति नभएका बयान दिएका थिए । बास्तोला पक्राउ परेलगत्तै नेकपा बहुमतका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वलीले विज्ञप्ति जारी गर्दै चुनाव बहिस्कार गर्ने नीति नभएको जानकारी दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार