Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमण

    प्रधानमन्त्री देउवासँगै गृहमन्त्री, पर्यटन मन्त्री र परराष्ट्र मन्त्री लुम्बिनीमा

    प्रधानमन्त्री देउवासँगै गृहमन्त्री, पर्यटन मन्त्री र परराष्ट्र मन्त्री लुम्बिनीमा

    अनलाइन नेपाल
  • आइतबार, १ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोली लुम्बिनी आउने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आजै लुम्बिनी पुगेका छन् ।

    भोलि हुने भारतीय प्रधानमन्त्रीको भ्रमणसहित बुद्धजयन्ती लगायतका कार्यक्रममा सहभागी हुने प्रधानमन्त्री देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्र मन्त्री डा. नारायण खड्का र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले लुम्बिनी पुगेका हुन्।



    प्रधानमन्त्री देउवाले भोलि बिहान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि ९ बजे लुम्बिनीस्थित ५ हजार क्षमताको ध्यान केन्द्र उद्घाटन गर्नेछन्।



    त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनीमै स्वागत गरी भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

    देउवाले बुद्ध जयन्तीको अवसरमा लुम्बिनी विकास कोषले आयोजना गरेको समारोहमा समकक्षी मोदीसँगै सम्बोधन गर्नेछन्।

    प्रधानमन्त्री, मन्त्रीहरु र सबै सुरक्षा निकायका प्रमुखहरु अहिले लुम्बिनीमा छन्। भारतीय प्रधानमन्त्री आउने भएपछि लम्बिनिलाई सजाएर झकिझकाउ बनाइएको छ भने सुरक्षाका लागि सयौं सुरक्षाकर्मीले खटाइएको छ ।

    प्रधानमन्त्री मोदी भोली हेलिकोप्टरमा लुम्बिनी आउँदैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार