Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सुदूरपश्चिममा एकीकृत समाजवादीले खोल्यो खाता, घोडाघोडीमा रावत निर्वाचित

    सुदूरपश्चिममा एकीकृत समाजवादीले खोल्यो खाता, घोडाघोडीमा रावत निर्वाचित

    अनलाइन नेपाल
  • बिहिबार, ५ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा पहिलो पालिका प्रमुख जितेको छ ।

    सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतमा रहेको समाजवादीले कांग्रेससँगको गठबन्धनमा कैलालीको घोडाघोडी नगरपालिकाको मेयर जितेको हो ।



    नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार खडक बहादुर रावत मेयरमा निर्वाचित भए । उनले १३ हजार १२८ मत ल्याएर जित हासिल गरे । नेकपा एमालेका ममताप्रसाद चौधरीले ८ हजार २४१ मत प्राप्त गरे ।



    चौधरी यसअघिको स्थानीय तहको निर्वाचनमा प्रमुखमा निर्वाचित भएका थिए। त्यहाँ राप्रपाका निरजकुमार मल्लले ४ हजार १४ मत प्राप्त गरे । उपप्रमुखमा नेपाली कांग्रेसकी गुलिया कुमारी चौधरी १२ हजार २७० मत ल्याएर निर्वाचित भइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार