Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • गगन थापाले भने-ओलीको आलोचना गर्ने चरण सकियो

    गगन थापाले भने-ओलीको आलोचना गर्ने चरण सकियो

    अनलाइन नेपाल
  • बुधबार, ११ जेष्ठ २०७९
  • 876
    SHARES

    भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्ने चरण सकिएको बताएका छन् ।

    बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पूर्ववर्ती सरकार र पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको आलोचना नगरी अब काम गर्ने जिम्मा कांग्रेसलाई आइपुगेको बताए ।



    नेता थापाले, ‘स्थानीय तहमा हामीले झन्डै–झन्डै २०४९ सालको जस्तो अभूतपूर्व सफलता हासिल गरेका छौं। संघीय सरकारामा हामी छौँ । प्रदेशको सरकार चलाएका छौँ । अब आलोचना गर्ने चरण सकियो । हाम्रो बारेमा कुरा गर्नुपर्छ । अस्तिसम्म पूर्ववर्ती सरकार र ओलीजीका विषयमा आलोचना गर्नुपर्दथ्यो ।’



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार