Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • चुनाव पछि पहिलो पटक प्रतिक्रिया दिदैँ ओलीले भने- हामीले हार्नुको कारणनै अन्तर्घात हो

    चुनाव पछि पहिलो पटक प्रतिक्रिया दिदैँ ओलीले भने- हामीले हार्नुको कारणनै अन्तर्घात हो

    अनलाइन नेपाल
  • बुधबार, ११ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावमा पराजयको प्रमुख कारण अन्तर्घात भएको बताएका छन् ।

    एमाले संसदीय दलको बैठकमा बुधबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस पटकको चुनावमा अन्य दलमा नभई एमालेभित्र अन्तर्घात भएको बताएका हुन् ।



    ‘कांग्रेस, मा‌‌ओवादी र माधवकुमार नेपालको पार्टीमा होइन यसपटक एमालेमा अन्तर्घात भयो । कहाँबाट सिके यस्तो यस विषयमा बृहत्‌रुपमा समीक्षा गरिनुपर्छ,’ अध्यक्ष ओलीलाई उद्धृत गर्दै सांसद नवीना लामाले भनिन्, ‘चार-चार वटा महानगरपालिकामा हामीले उपमेयरमा जित्यौं तर मेयर जित्न सकेनौं । यो अन्तर्घातको कारणले हो ।’



    वैशाख ३० गते भएको स्थानीय तहको चुनावी परिणाम सार्वजनिक भएपछि अध्यक्ष ओलीले पहिलो पटक प्रतिक्रिया दिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार