Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एफक्युबले रोक्यो ‘कबड्डी ४’को प्रदर्शन

    एफक्युबले रोक्यो ‘कबड्डी ४’को प्रदर्शन

    अनलाइन नेपाल
  • मंगलबार, १७ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । अभिनेत्री मिरुना मगरलाई ‘दुर्व्यवहार’ गरेको आरोपमा पक्राउ एक युवकलाई रिहाइ गर्न माग गर्दै प्रदर्शन चर्किएपछि चावहिलस्थित एफक्युब मल्टिप्लेक्सले फिल्म ‘कबड्डी ४’को प्रदर्शन रोकेको छ ।

    एफक्युब सिनेमा हल रहेको भवन केएल टावरबाहिरको स्थिति तनावग्रस्त बनेपछि मध्यान्ह १२ बजेको शो स्थगित गरिएको हो । हल प्रशासनका अनुसार स्थिति सामान्य बनेपछि मात्रै फिल्म प्रदर्शन हुनेछ ।



    फिल्म प्रदर्शनका क्रममा हल भ्रमणमा निस्किएका मगरसहितको कलाकार टोली सिभिल मलको एक कफी सपमा एक बौद्ध भिक्षुले दुर्व्यवहार गरेको आरोप अभिनेत्रीले लगाएकी छन् ।



    ती युवकलाई रिहाइ गर्नुपर्ने माग गर्दै केएल टावरबाहिर मंगलबार बिहानैदेखि प्रदर्शन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार