Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • दोस्रो पटक चौहानको फिल्ममा सहकार्य गर्दै विपीन र मिरुना

    दोस्रो पटक चौहानको फिल्ममा सहकार्य गर्दै विपीन र मिरुना

    अनलाइन नेपाल
  • सोमबार, १ साउन २०८०
  • 585
    SHARES

    काठमाडौं । विपिन कार्की र मिरुना मगरलाई शीर्ष भूमिकामा लिएर कथानक फिल्म ‘ऊनको स्वीटर’ बन्ने भएको छ ।

    केही वर्षयता कथावाचन शैलीका गीतमार्फत स्रोता–दर्शकको मन जितिरहेको आर्टमाण्डू नेपालले फिचर फिल्म ‘ऊनको स्वीटर’ निर्माणको औपचारिक घोषणा गरेको हो ।



    राजधानीमा एक कार्यक्रमकाबीच फिल्मको नाम, कलाकारसँगै टाइटल गीत सार्वजनिक गरिएको छ ।



    नवीन चौहानको लेखन एवं निर्देशन रहने फिल्ममा अभिनेता कार्की र अभिनेत्री मगरको शीर्ष भूमिका रहनेछ । ‘लालपूर्जा’पछि विपीन र मिरुनाको यो दोस्रो सहकार्य हो ।

    साथमा एलेक्स पारस, परिक्षा लिम्बुसहितका कलाकारहरूको समेत अभिनय रहनेछ । मंसिर पहिलो सातादेखि फिल्म छायांकन गर्ने तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार