Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • जयनगर-जनकपुरधाम रेलमा आगलागी, दुई महिला पक्राउ

    जयनगर-जनकपुरधाम रेलमा आगलागी, दुई महिला पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १९ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जनकपुर आउने क्रममा रहेको नेपाली रेलमा बिहीबार दिउँसो आगो लागेको छ । नेपालको एकमात्र जयनगर-जनकपुरधाम रेलको एउटा डब्बामा केमिकल पोखिएर आगलागी भएको हो ।

    जयनगर स्टेशनबाट कुर्था आउने क्रममा १९०१ नम्बर रेलको एउटा बोगीमा बिहीवार दिउँसो आगलागी भएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । बोगीमा लागेको आगो तत्कालै नियन्त्रणमा लिइएको थियो ।



    प्रतिबन्धित केमिकल बोकेर जयनगरस्थित १ नम्बर गेटबाट रेलमा प्रवेश गरेकी दुई महिलालाई भारतीय प्रहरीले जयनगरमै पक्राउ गरेर नेपाल प्रहरीको जिम्मा लगाएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।



    पक्राउ परेका महिलाहरुमाथि अनुसन्धान अघि बढाइने बताइएको छ । रेलमा भएको आगलागीबाट सामान्य क्षति भएको छ । आगलागीपछि यात्रुहरुको भागाभाग भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार