Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • रेलचालक ‘डिप्लोमा पास’ : ४० वर्ष नकटेको हुनुपर्ने, मापसे गरे रेल चढ्न बन्देज

    रेलचालक ‘डिप्लोमा पास’ : ४० वर्ष नकटेको हुनुपर्ने, मापसे गरे रेल चढ्न बन्देज

    अनलाइन नेपाल
  • शनिबार, २१ साउन २०७९
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले रेलचालक तथा सहचालक बन्न उमेरसमेत ताकेर सम्बन्धित विषयमा ‘डिप्लोमा पास’ हुनुपर्ने प्रावधान राखेको छ ।

    प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भई राजपत्रमा प्रकाशित ‘रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७९’ अनुसार चालक तथा सहचालकको उमेर २१ वर्ष पूरा भई ४० ननाघेको हुनुपर्नेछ ।



    चालक–सहचालक बन्न मान्यता प्राप्त शिक्षण संस्थाबाट मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स वा अटोमोबाइल विषयमा ‘डिप्लोमा उत्तीर्ण र रेल चलाउन योग्यताको प्रमाणपत्र प्राप्त’ हुनुपर्ने ऐनमा व्यवस्था गरिएको छ ।



    सरकारले सुरुमा रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा चालक बन्न माध्यमिक तह पास गरेको र पाँच वर्ष सहचालक भएर काम गरेको हुनुपर्ने व्यवस्था गरे पनि संशोधन गरिएको हो ।

    विदेशी राष्ट्रबाट रेलचालक वा सहचालक अनुमतिपत्र प्राप्त व्यक्तिका लागि पनि कानुनी व्यवस्था गरिएको छ । ऐनअनुसार विदेशी राष्ट्रबाट अनुमतिपत्र प्राप्त भए, त्यस्ता व्यक्तिले रेल चलाउन आवश्यक कागजी प्रक्रिया पूरा गरी निवेदन दिएमा आवश्यक दस्तुर लिई ऐनबमोजिम अनुपति पत्र दिन सक्नेछन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार