Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • एसियन कप छनोट : नेपाल पहिलो खेलमा जोर्डनसँग पराजित

    एसियन कप छनोट : नेपाल पहिलो खेलमा जोर्डनसँग पराजित

    अनलाइन नेपाल
  • बिहिबार, २६ जेष्ठ २०७९
  • 984
    SHARES

    काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत समूह ए को पहिलो खेलमा नेपाल बलियो प्रतिद्वन्द्वी जोर्डनसँग पराजित भएको छ।

    कुवेतस्थित जबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा बुधबार राति सम्पन्न खेलमा पहिलो हाफमा गोलरहित बराबरी खेलेपनि नेपाल कमजोर डिफेन्सका कारण २-० ले पराजित भएको हो।



    खेलको पहिलो हाफमा गोल रहित बराबरी भएकोमा दोस्रो खेलमा जोर्डनले दुई गोल गर्यो । खेलको ६८ औँ मिनेटमा जोर्डनका लागि अली अल्वानले गोल गरे ।



    यस्तै ८२ औँ मिनेटमा नेपालका सुमन अर्यालले डिबक्समा फल गरेपछि पाएको अवसरमा जोर्डनका हम्जा अल दरदुरले गोल गरे ।

    यो जितसँगै जोर्डनले पहिलो खेलमा ३ अङ्क जोडेको छ । नेपालले हारबाट छनोटको सुरुआत गरेको छ । छनोटको समूह ुएु मा रहेको नेपालले अब शनिवार घरेलु टोली कुवेत र आउँदो ३१ गते इन्डोनेसियासँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार