Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एसीसी महिला टी-२० च्याम्पियनसिप : नेपालले दियो भुटानलाई ९५ रनको लक्ष्य

    एसीसी महिला टी-२० च्याम्पियनसिप : नेपालले दियो भुटानलाई ९५ रनको लक्ष्य

    अनलाइन नेपाल
  • शुक्रबार, ३ असार २०७९
  • 708
    SHARES

    काठमाडौं । नेपालले एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो खेलमा भुटानलाई जितका लागि ९५ रनको लक्ष्य दिएको छ।

    मलेसियाको यूएसडी यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९५ रन बनायो ।



    नेपालका लागि मध्य क्रमका ब्याटरहरुले दोहोरो अंकमा रन बनाउँदा अन्य भने खासै चल्न सकेनन् पाँचौं क्रममा आएकी काजल श्रेष्ठले नेपालका लागि सर्वाधिक २६ रन बनाइन् ।



    चौथो क्रमकी ब्याटर ईन्दु बर्माले २० रन र छैटौं क्रममा आएकी कप्तान रुविना क्षेत्रीले २१ रन बनाइन् । भुटानका लागि सोनम पाल्दोनले सर्वाधिक ४ विकेट लिइन्। अञ्जु गुरुङ र तासी चेकीले समान १-१ विकेट लिए । ९५ रनको लक्ष्य पाएको नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार