Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • महिला टी–२० श्रृंखला : आज नेपाल र हङकङ भिड्दै

    महिला टी–२० श्रृंखला : आज नेपाल र हङकङ भिड्दै

    अनलाइन नेपाल
  • बिहिबार, ३० कार्तिक २०८०
  • 762
    SHARES

    काठमाडौं । चार देशीय महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत आज आयोजक हङकङ र नेपाल प्रतिस्पर्धा गर्दै छन् ।

    हङकङ क्रिकेट क्लब मैदानमा खेल दिउँसो पौने १२ बजे सुरु हुने छ ।



    नेपाल जारी प्रतियोगितामा पहिलो जितको खोजीमा छ । बुधबार भएको खेलमा नेपाली टोली तान्जानियासँग २७ रनले पराजित भएको थियो ।



    नेपाल आईसीसी महिला टी-ट्वान्टी वरीयतामा हङकङभन्दा एक स्थान मात्र अघि छ। नेपाल वरीयताको २१ औं र हङकङ २२ औं स्थानमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार