Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपालले जापानलाई दियो ११६ रनको लक्ष्य

    नेपालले जापानलाई दियो ११६ रनको लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, ३ मंसिर २०८०
  • 405
    SHARES

    काठमाडौं । चार देशीय महिला टी–ट्वेन्टी सिरिजमा नेपालले जापानलाई ११६ रनको लक्ष्य दिएको छ ।

    प्रतियोगिता अन्तर्गत तेस्रो स्थानको खेलका लागि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ११५ रन बनायो। नेपालका लागि ओपनर पूजा महतोले ४३ रन बनाइन्। क्याप्टेन इन्दू बर्मा १२ रन बनाएर आउट हुँदा रुविना क्षत्रीले २१ रन बनाइन्।



    सिता राना मगरका नाममा ५ रन रह्यो। रोमा थापा २२ रन बनाएर रनआउट हुन पुगिन्। रुविना र रोमा रनआउट हुन पुगे।



    जापानकी अरिका टोक्ची र आयुमी फुजिकावा र आहिल्या चण्डेलको नाममा एक एक विकेट लिए।

    हङकङमा कमजोर सावित भएका नेपाल र जापानले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गरिरहेका हुन् ।

    महिला टी–२० सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार