Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • महिला टी–२० शृङ्खला : तान्जानियाले नेपाललाई दियो ११६ रनको लक्ष्य

    महिला टी–२० शृङ्खला : तान्जानियाले नेपाललाई दियो ११६ रनको लक्ष्य

    अनलाइन नेपाल
  • बुधबार, २९ कार्तिक २०८०
  • 480
    SHARES

    काठमाडौं । चार देशीय महिला टी–२० शृङ्खलामा तान्जानियाले नेपाललाई जितका लागि ११६ रनको लक्ष्य दिएको छ ।

    टस जितेर पहिला ब्याटिङ गरेको तान्जानियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय १५ रन बनायो । उसका लागि हुडा ओमारीले सर्वाधिक २५ रन बनाइन ।



    बलिङतर्फ नेपालका संगिता राईले दुई तथा पुजा महतो, रुविना क्षेत्री र इन्दु बर्माले समा एक/एक विकेट लिए ।



    नेपालले पहिलो पटक तान्जानियासँग खेलिरहेको हो । महिला टी–२० को विश्व वरियतामा तान्जानिया १९ औँ र नेपाल २१ औँ स्थानमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार