Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ड्राइभिङ लाइसेन्सका लागि अर्काको नाममा परीक्षा दिने युवक पक्राउ

    ड्राइभिङ लाइसेन्सका लागि अर्काको नाममा परीक्षा दिने युवक पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ४ असार २०७९
  • 915
    SHARES

    काठमाडौं । काठमाडौंको चावहिलबाट सवारी चालक अनुमतिपत्रका लागि अर्काको नाममा प्रयोगात्मक परीक्षा दिँदै गरेका एकजना पक्राउ परेका छन् ।

    ड्राइभिङ लाइसेन्सका लागि अर्काको नाममा ट्रायल दिँदै गरेको अवस्थामा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका १० का २५ वर्षीय सुजित खड्का पक्राउ परेका हुन् ।



    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार डोलकुमार थापाको नामबाट परीक्षा दिँदै गर्दा उनलाई पक्राउ गरिएको हो । उनले थापाको नागरिकतामा आफ्नो फोटो टाँसेर परीक्षा दिएको पाइएको छ ।



    उनीमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-२५ को लिखत सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट दिन ४ को म्याद थप गरिएको छ । खड्कामाथि प्रहरी बृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार