Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रोल्पामा १३ वर्षीय बालक झुण्डिएको अवस्थामा फेला

    रोल्पामा १३ वर्षीय बालक झुण्डिएको अवस्थामा फेला

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 807
    SHARES

    फाइल तस्विर

    रोल्पा । रोल्पाको माडी गाउँपालिका–५, भाबाङको बाङमा गाउँमा एक बालकको शव फेला परेको छ।

    प्रहरीले १३ वर्षीय जयराम ओली झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।



    वडा सदस्य रत्नबहादुर डाँगीले आइतबार सम्पर्कविहीन भएका बालकको शव सोमवार घरबाट करिब ५०० मिटर टाढा राँकुको रूखमा झुण्डिएको अवस्थामा फेला परेको बताए।



    भाबाङ स्थित प्रहरी चौकीका हवल्दार बलराम पाण्डेको नेतृत्वमा प्रहरी अनुसन्धानमा खटिएको छ। बालकको शव पोष्टमार्टमका लागि प्रहरीको सहयोगमा रोल्पा अस्पताल लगिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार