Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • एमालेले मेयरको अधिकार कटौती गर्न खोजेपछि कार्यपालिका बैठक बहिस्कार

    एमालेले मेयरको अधिकार कटौती गर्न खोजेपछि कार्यपालिका बैठक बहिस्कार

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । हेटौंडा उपमहानगरपालिकामा बहुमत कार्यपालिका सदस्य रहेको नेकपा एमालेले मेयरको अधिकार कटौती गर्न खोजेको छ ।

    तर त्यसमा सहमति नजुटेपछि कार्यपालिका बैठक नै बहिस्कार गरेको छ ।



    नीति तथा कार्यक्रम सम्बन्धी छलफल गर्न बोलाइएको कार्यपालिका बैठकमा एमालेले बैठक सञ्चालन कार्यविधिका केही बुँदा संशोधन गर्नु पर्ने प्रस्ताव गरेको थियो । २९ कार्यपालिका सदस्य मध्ये १८ सदस्य रहेको एमालेले बैठक सञ्चालन कार्यविधि–२०७४ को १५(२) र १५(३) मा रहेको व्यवस्थालाई संसोधन गरिनुपर्ने माग राखेको हो ।



    हेटौंडाकी मेयर मिना लामा एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन्, तर कार्यपालिकामा एमालेको बहुमत छ । एमालेले ल्याएको संशोधन प्रस्तावले मेयरको अधिकार कटौती गर्ने देखिन्छ ।

    तर एमालेको संशोधनमा मेयर मिना लामासहित अरूले सहमति जनाएन । मेयरको अधिकार कटौती गर्ने प्रयासमा सहमति नजुटेपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले बैठक नै बहिस्कार गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार