Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जाजरकोटको जंगलमा महिलाको शव भेटियो

    जाजरकोटको जंगलमा महिलाको शव भेटियो

    अनलाइन नेपाल
  • आइतबार, १२ असार २०७९
  • 807
    SHARES

    फाइल तस्विर

    सुर्खेत । जाजरकोटमा एक महिलाको शव जंगलमा फेला परेको छ । नलगाड नगरपालिका–१ कि ४२ वर्षीया भगवती शाहीको शव घर नजिकैको जंगलमा फेला परेको हो ।

    आइतबार बिहान प्रहरीले भीरबाट शव निकालेर अस्पताल ल्याइएको छ । शव सडेर गन्हाउने अवस्थामा पुगिसकेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।



    घरभन्दा करिब एक सय मिटरको दूरीमा फेला परेको शवको प्रकृति हेर्दा एक हप्ताअघि नै मृत्यु भएको प्रहरीको अनुमान छ ।



    प्रहरीले मृतकका श्रीमान लोकबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार