Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • भारतको एउटा यस्तो सडक – जहाँ सडक आफैले बजाउँछ हर्न

    भारतको एउटा यस्तो सडक – जहाँ सडक आफैले बजाउँछ हर्न

    अनलाइन नेपाल
  • सोमबार, १३ असार २०७९
  • 1.6K
    SHARES

    एजेन्सी । घुम्तीहरुमा यदि गाडी चालहरुले समयमै हर्न बजाएर विपरित दिशाबाट आउँदै गरेको गाडीलाई सूचना दिएभने अर्को गाडीको चालक पनि सतर्क हुने र गाडीहरु ठोक्किने जोखिम कम हुन्छ । चालकले समयमै हर्न नबजाएकै कारण दुर्घटना नहोस् भन्नका लागि भारतमा एउटा यस्तो सडक बनाइएको छ जहाँ सडक आफैले हर्न बजाउँछ ।

    पहाड तथा उपत्यकाको घुमाउरो सडकहरुमा गाडीहरु ठोक्किएर हुने दुर्घटना कम गर्नका लागि हिन्दुस्तान पेट्रोलियम तथा लिओ बर्नेटले विशेष अवधारणा विकाश गरेको हो । त्यसमा गाडीले हर्न बजाउनुको साटो सडकले नै हर्न बजाउने सिस्टम राखिएको छ ।



    भारतको जम्मु काश्मीर जोड्ने राजमार्ग एनएच १ मा सबैभन्दा पहिले यो प्रविधिको विकास गरिएको हो । जम्मु काश्मीर उपत्यकामा निकै घुमाउरो सडक भएको हुँदा दुर्घटनाको उच्च जोखिम छ । त्यसैले राजमार्गमा हरेक घुम्तीहरुमा दुबैतर्फ स्मार्ट लाइफ पोलहरु राखिएको छ ।



    गाडीहरु उक्त पोलको नजिक पुगेपछि सडकमा जडित सिस्टमले आफै हर्न बजाउन थाल्दछ । यसले अर्कोतर्फबाट आइरहेका चालकहरुलाई सचेत बनाउँदछ । उक्त प्रविधि जडान गरेपछि त्यस क्षेत्रमा हुने दुर्घटनामा निकै कमी आएको बताइएको छ । यो प्रविधिको सफलतासँगै भारत सरकारले यसलाई देशका अन्य सडकमा पनि जडान गर्ने सोँच बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार