Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • एमाले सांसदद्वारा राष्ट्रियसभाको बैठक बहिस्कार, बैठक ३० मिनेटका लागि स्थगित

    एमाले सांसदद्वारा राष्ट्रियसभाको बैठक बहिस्कार, बैठक ३० मिनेटका लागि स्थगित

    अनलाइन नेपाल
  • सोमबार, १३ असार २०७९
  • 849
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसदले राष्ट्रियसभाको बैठक बहिस्कार गरेका छन् ।

    सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको सवालको जवाफ दिन रोष्ट्रममा बोलाउने बित्तिकै एमालेका सांसदहरुले बैठक बहिस्कार गरेका हुन् ।



    एमाले सांसद देवेन्द्र दाहालले बजेट निर्माणका क्रममा अर्थमन्त्रीको भूमिका प्रभावकारी नभएको तथा अनाधिकृत मानिसलाई संलग्न गराएको आरोप लगाए । उनले प्रश्न उठेपछि मार्गप्रशस्त गर्नुपर्नेमा अर्थमन्त्रीले त्यसो नगरेको भन्दै आपत्ति जनाए ।



    त्यसलगत्तै एमाले सांसद बैठक बहिस्कार गरेर बाहिरिए । सभाध्यक्ष तिमिल्सिनाले बैठक बहिष्कार नगर्न पटकपटक आग्रह गरे पनि एमाले सांसदले त्यसलाई स्वीकार गरेनन् । एमाले सांसदको बहिष्कारकै बीचमा अर्थमन्त्री शर्माले जवाफ दिए । अर्थमन्त्रीको जवाफ सकिएपछि राष्ट्रियसभाको बैठक ३० मिनेटका लागि स्थगित भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार