Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाजुराको बुढीगंगामा पुनः मतदान हुने, सर्वोच्चले दिएन अन्तरिम आदेश

    बाजुराको बुढीगंगामा पुनः मतदान हुने, सर्वोच्चले दिएन अन्तरिम आदेश

    अनलाइन नेपाल
  • मंगलबार, १४ असार २०७९
  • 855
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न माग गरेर परेको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

    बुढीगंगाका मतदाता दलबहादुर सावदले यसअघि मतदान भएको मतपेटिकाबाट मतगणना गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।



    तर मंगलबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासले यसअघिकै मतदानको मतगणना गर्ने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।



    वैशाख ३० मा भएको निर्वाचनमा धाँधली भएको देखिएपछि निर्वाचन आयोगले बुढीगंगामा असार २३ गते पुनः मतदान गर्ने निर्णय गरेको छ । सोही निर्णयविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो ।

    सर्वोच्चको यो निर्णयसँगै निर्वाचन आयोगलाई २३ असारमा बुढीगंगामा पुनः मतदान गर्न बाटो खुलेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार