Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारतीय राजदूत श्रीवास्तवले बुझाए राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र

    भारतीय राजदूत श्रीवास्तवले बुझाए राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र

    अनलाइन नेपाल
  • बिहिबार, १६ असार २०७९
  • 759
    SHARES

    काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रति कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा नवनियुक्त राजदूत श्रीवास्तवले ओहोदाको प्रमाण पत्र बुझाएका हुन्।

    नियुक्त भएको एक महिनापछि कार्यभार सम्हाल्न उनी असार ११ गते नेपाल आएका थिए। भारत सरकारले श्रीवास्तवलाई गत जेठ ३ गते नेपालका लागि राजदूत नियुक्त गरेको थियो।



    सो अवसरमा राष्ट्रपति भण्डारीसँग राजदूत श्रीवास्तवले शिष्टाचार भेटवार्तासमेत गरेका थिए । निवर्तमान राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा बढुवा भएपछि उनको ठाउँमा श्रीवास्तवलाई नियुक्ति गरिएको थियो।



    नयाँ राजदूत श्रीवास्तव भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका श्रीवास्तव चीनको संघाइमा महावाणिज्यदूत र कम्बोडियाका लागि राजदूत भइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार