Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • इरानी युद्धपोतहरू लाल सागरमा गस्ती गरिरहेको इजरायलका रक्षामन्त्रीको दाबी

    इरानी युद्धपोतहरू लाल सागरमा गस्ती गरिरहेको इजरायलका रक्षामन्त्रीको दाबी

    अनलाइन नेपाल
  • मंगलबार, २१ असार २०७९
  • 933
    SHARES

    एजेन्सी। इजरायलका रक्षामन्त्री बेन्नी गान्ट्जले  इरानी युद्धपोतले हालैका महिनाहरूमा लाल सागरमा गस्ती गरिरहेको वताएका छन्। । उनले युद्धपोतको उपस्थितिलाई क्षेत्रीय स्थायित्वका लागि खतरा भएको बताए ।

    ‘आज हामी पुष्टि गर्न सक्छौं कि इरानले दक्षिणी क्षेत्रमा आफ्ना युद्धपोतहरू गस्ती गरेर लाल सागरमा आफ्नो स्थिति बलियो बनाइरहेको छ,’ उनले एथेन्समा भएको गोलमेज सम्मेलनमा भने।



    उनको कार्यालयले लाल सागरमा इरानी युद्धपोतहरू गस्ती गरिरहेको देखाइएको चारवटा स्याटेलाइट  जारी गरेको छ।



    बेनी गान्ट्जले पनि आफ्नो ट्विटर ह्यान्डलबाट यी तस्विरहरू पोस्ट गरेका छन् ।

    यो यस्तो अवस्था हो जुन पछिल्लो दशकमा नदेखेको उनले उल्लेख गरेका छन् । यो विश्व व्यापार, ऊर्जा र अर्थव्यवस्था को लागी प्रत्यक्ष खतरा रहेको उनको भनाइ छ ।

    इजरायलसँगै केही अरब देशहरू पनि लाल सागरमा इरानको बढ्दो कदमबाट चिन्तित छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार