Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाजुराको बुढीगंगा नगरपालिकामा आज पुनः मतदान हुँदै, आवश्यक सुरक्षाकर्मी तैनाथ

    बाजुराको बुढीगंगा नगरपालिकामा आज पुनः मतदान हुँदै, आवश्यक सुरक्षाकर्मी तैनाथ

    अनलाइन नेपाल
  • बिहिबार, २३ असार २०७९
  • 1K
    SHARES

    बाजुरा । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा आज पुनः मतदान हुँदैछ । बुढीगंगामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएपछि आज पुनः मतदान हुन लागेको हो ।

    निर्वाचन कार्यालयका अनुसार बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । निर्वाचनलाई मर्यादित रुपमा सम्पन्न गर्न प्रारम्भिक व्यवस्थापकीय कार्य सम्पन्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



    पुनः हुने निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मी तैनाथ गरिएको छ । गत बैशाख ३० गते मतदानका दिन नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच मतदानस्थलमा झडप, उम्मेदवारमाथि कुटपिट र मतदाता लखेटिने घटना भएपछि नगरपालिकामा मतगणना स्थगित भएको थियो ।



    कांग्रेसले पुनस्मतदानको माग गरेको थियो भने एमालेले गणनाको माग गरेको थियो। नगरपालिकाभित्रका विभिन्न मतदान केन्द्रमा तनावको अवस्था सिर्जना हुँदा मतगणना प्रभावित बनेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार