Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाजुराको बुढीगंगा नगरपालिकामा मतदान जारी, सुरक्षा व्यवस्था कडा

    बाजुराको बुढीगंगा नगरपालिकामा मतदान जारी, सुरक्षा व्यवस्था कडा

    अनलाइन नेपाल
  • बिहिबार, २३ असार २०७९
  • 624
    SHARES

    बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा जनप्रतिनिधि चयनका लागि मतदान जारी छ । बुढीगंगा नगरपालिकाको नेतृत्व चयनका लागि बिहान ७ बजेदेखि चुनाव भइरहेको हो ।

    नगरपालिकाका १० वटै वडाका १९ मतदान केन्द्रमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । वैशाख ३० गतेको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले दुवै पक्षबाट धाँधली भएको भन्दै निर्वाचन आयोगले पालिकाभरिकै निर्वाचन बदर गरेको थियो ।



    त्यसपछि एमालेले मतगणना गर्नुपर्ने अडान राखेको थियो। सर्वोच्च र उच्च अदालतमा मुद्दा दायर गरेको थियो। तर, विभिन्न दलका स्थानीय नेताहरुले फेरि निर्वाचन गर्ने आयोगको निर्णय कार्यान्वयन गर्ने सहमति जुटाएका हुन्। जस अनुसार आज पुनः निर्वाचन गर्ने सहमति भएको थियो ।



    निर्वाचन अधिकृतको कार्यालयका अनुसार पुनः हुने निर्वाचनका लागि शान्तिपूर्णरूपमा सम्पन्न गर्न आवश्यकता अनुसार सुरक्षाकर्मी तैनाथ गरिएको बताएका छन् । निर्वाचन गराउन ९५ कर्मचारी खटिएका छन् । सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली खटाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार