Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाजुराको बुढीगंगामा कडा सुरक्षाकाबीच मतदान सकियो, ६६.७५ प्रतिशत मत खस्यो

    बाजुराको बुढीगंगामा कडा सुरक्षाकाबीच मतदान सकियो, ६६.७५ प्रतिशत मत खस्यो

    अनलाइन नेपाल
  • बिहिबार, २३ असार २०७९
  • 633
    SHARES

    बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा कडा सुरक्षाकाबीच बिहिबार पुनः मतदान सकिएको छ । बुढीगंगा नगरपालिका वडा नम्बर ९ बाहेक अन्य सम्पूर्ण ठाउँमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको मुख्य निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

    गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो।विवादपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो । स्थानीय तह निर्वाचन सकिएको दुई महिनापछि नयाँ नेतृत्व चयनका लागि बुढीगंगामा पुनः मतदान भएको हो ।



    बिहीबार सम्पन्न मतदानमा ६६.७५ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । बुढीगंगा नगरपालिका–९ को त्रिशक्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा केही समय मतदान रोकिएको थियो ।



    उक्त मतदान केन्द्रमा दुईपक्षीय झडपले तनावको स्थिति सिर्जना भएपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको थियो । बुढीगंगा नगरपालिकाको मेयरमा एमालेबाट रामबहादुर बानियाँ, उपमेयरमा माया कुँवर र नेपाली कांग्रेसबाट मेयरमा रंग खाती र उपमेयरमा रिता शाही उम्मेदवार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार