Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाजुराको बुढीगंगामा मतपेटिका उठाउने बेला फेरि ढुंगामुढा, प्रहरीद्वारा हवाई फायर

    बाजुराको बुढीगंगामा मतपेटिका उठाउने बेला फेरि ढुंगामुढा, प्रहरीद्वारा हवाई फायर

    अनलाइन नेपाल
  • बिहिबार, २३ असार २०७९
  • 933
    SHARES

    फाइल तस्विर

    बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा फेरि तनाव भएको छ । नगरपालिकाको वडा नम्बर ४ स्थित थुमा मतदान केन्द्रमा मतदान सम्पन्न भइसकेपछि मतपेटिका उठाउने क्रममा कांग्रेस कार्यकर्ताहरूले ढुंगामुढा गरेपछि तनाव भएको हो ।

    स्थिति सामान्य बनाउन प्रहरीले हवाई फायरसमेत गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीका अनुसार अहिले मतपेटिकाहरू नगरपालिकामा पुर्‍याइएको छ ।



    वैशाख ३० मा भएको मतदानमा उक्त मतदानस्थलमा ९९ दशमलव ४१ प्रतिशत मत खसेको थियो । बिहीबार भएको पुनस् मतदानमा भने ७० दशमलव ८० प्रतिशतमात्र मत खसेको छ । यसअघि पनि दिउँसो बुढीगंगा नगरपालिका–९ को त्रिशक्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा केही समय मतदान रोकिएको थियो ।



    उक्त मतदान केन्द्रमा दुईपक्षीय झडपले तनावको स्थिति सिर्जना भएपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको थियो । बुढीगंगा नगरपालिकाको मेयरमा एमालेबाट रामबहादुर बानियाँ, उपमेयरमा माया कुँवर र नेपाली कांग्रेसबाट मेयरमा रंग खाती र उपमेयरमा रिता शाही उम्मेदवार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार