Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाजुराको बुढीगंगामा केहीबेरमा मतगणना सुरु गर्ने तयारी

    बाजुराको बुढीगंगामा केहीबेरमा मतगणना सुरु गर्ने तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 594
    SHARES

    फाइल तस्विर

    बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा आजदेखि मतगणना सुरु हुँदैछ । बिहीबार निर्वाचन भएको बुढीगंगामा शुक्रबार बिहानदेखि मतगणनाको तयारी थालिएको हो । मतगणनाको लागि केहीबेरमा सर्वदलीय बैठक बस्न लागेको मुख्य निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

    हिजो रातिदेखि नै मतगणना सुरु गर्ने योजना भए पनि मतपेटिक सङ्कलन, मुचुल्का उठाउने लगायतका काममा ढिलाइ भएको र कर्मचारी तथा दलका प्रतिनिधिले पनि थकाइका कारण आजदेखि मात्रै गणना सुरु गर्ने सहमति भएको थियो ।



    बूढीगङ्गामा १३ हजार ६५९ जना मतदातामध्ये ९ हजार १२८ अर्थात ६६ दशमलव ८३ प्रतिशत मतदान भएको थियो । बूढीगङ्गामा गएको वैशाख ३० गते नै पालिका चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विरोध भएपछि निर्वाचन आयोगले हिजो पुनः चुनाव गरेको हो ।



    बुढीगंगामा एमालेबाट प्रमुखमा रामबहादुर बानियाँ र गठबन्धनबाट रंग खाती चुनावी मैदानमा छन् । उपप्रमुखमा एमालेबाट मनाकुमारी खड्का र गठबन्धनबाट रिता शाही उम्मेदवार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार