Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चार घण्टा ढीलोगरि बुढीगंगाको मतगणना सुरु

    चार घण्टा ढीलोगरि बुढीगंगाको मतगणना सुरु

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 723
    SHARES

    फाइल तस्विर

    बाजुरा । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा हिजो भएको निर्वाचनको मतगणना शुक्रबार मध्यान्ह १२ बजेदेखि सुरू भएको छ ।

    मतगणना भानोदय नमुना माध्यमिक विद्यालयमा सुरु भएको हो । बिहान ८ बजेदेखि नै मतगणना सुरु गर्ने भनिए पनि ४ घण्टा पछि मतगणना सुरु भएको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।



    मतगणना वडा नम्बर १ र १० बाट सुरू गरिएको छ । झण्डै १३ हजार मतदाता रहेको बुढीगंगामा ९ हजार १२८ मत खसेको थियो।



    बुढीगंगामा गएको वैशाख ३० गते नै पालिका चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विरोध भएपछि निर्वाचन आयोगले हिजो पुन :चुनाव गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार