Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • स्थानीय तह निर्वाचन २०७९

    बुढीगंगा नगरपालिकाको मेयरमा एमालेको अग्रता

    बुढीगंगा नगरपालिकाको मेयरमा एमालेको अग्रता

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 873
    SHARES

    बाजुरा । बुढीगंगा नगरपालिकामा वडा नम्बर १ र १० को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    वडा नम्बर १० मा दुई सय मत गणना हुँदा एमालेले अग्रता लिएको छ। एमालेबाट मेयरका उम्मेदवार रामबहादुर बानियाँले १०० मत प्राप्त गरेका छन्।



    गठबन्धनबाट कांग्रेसका मेयरका उम्मेदवार रंगबहादुर खातीले ८८ मत प्राप्त गरेका छन्। यस्तै, उपमेयरमा भने बराबर मत प्राप्त गरेका छन्।



    उपमेयरको उम्मेदवार एमालेकी माया खड्का र कांग्रेसकी रिता शाहीले ९५/९५ मत प्राप्त गरेका छन्। बैशाख ३० गतेको निर्वाचनमा धाँदली भएको भन्दै रोकिएको निर्वाचन असार २३ गते कडा सुरक्षाका साथ शान्तिपूर्ण तरिकाले सम्पन्न भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार