Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ट्याक्टर दुर्घटना : घाइतेको संख्या ४२ पुग्यो

    ट्याक्टर दुर्घटना : घाइतेको संख्या ४२ पुग्यो

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 762
    SHARES

    फाइल फोटो

    सङ्खुवासभा । चैनपुर नगरपालिका–१० दुम्कटामा ट्याक्टर दुर्घटनामा घाइते हुनेको सङ्ख्या ४२ पुगेको छ । शुक्रबार दिउँसो मलामी बोकेर फर्किँदै गरेको ट्याक्टर खाँदबारी–लेगुवा सडकखण्डको दुमकटामा दुर्घटनामा परको हो ।

    ट्याक्टर दुर्घटनामा परेर घाइते हुनेको सङ्ख्या ४२ पुगेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।



    को २ त ३९६१ ट्याक्टर पल्टिएर दुई मलामीको मृत्यु भएको छ । मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का वर्षीय ४६ को केशव कार्की रहेको सुवेदीले बताए ।



    दुर्घटनापछि घाइते भएका तामाङ र कार्कीको मनकामना सामुदायिक अस्पताल तुम्लिङटार उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । ट्याक्टर दुर्घटनामा परेर भने छ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परेर गम्भीर घाइते भएका सात जनालाई मनकामना सामुदायिक अस्पताल तुम्लिङटार उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

    खराङबाट मलामीलाई खाजा बोकेर पिलुवा खोलामा गई दहासंस्कार गरी पुनः मलामी बोकी फर्किने क्रममा ट्याक्टर दुम्कटामा दुर्घटनामा परको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार