Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • संसदीय टोलीद्वारा गेटा मेडिकल कलेजको निरीक्षण

    संसदीय टोलीद्वारा गेटा मेडिकल कलेजको निरीक्षण

    अनलाइन नेपाल
  • आइतबार, २६ असार २०७९
  • 927
    SHARES

    कैलाली । संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिको टोलीले कैलालीस्थित गेटा मेडिकल कलेजको निरीक्षण गरेको छ ।

    आइतबार संसदीय टोलीले भौतिक संरचना निर्माण भइसकेको गेटा मेडिकल कलेजको भौतिक अवस्थाबारे जानकारी लिएको हो ।



    अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद योगेश भट्टराईले मेडिकल कलेजको भौतिक प्रगति सन्तोषजनक रहेको बताए । गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयका रुपमा अगाडि बढाउन सकिए राष्ट्रलाई नै फाइदा हुने उनले बताए ।



    संसदीय टोलीमा सांसद्हरु योगेश भट्टराई, नारदमुनी राना, चित्रलेखा यादव, अञ्जना विशङ्खे, मानबहादुर विश्वकर्मा, डा. दीपक भट्ट, भैरवबहादुर सिंह र नविना लामा रहेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार