Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रहरीलाई अहिले हतियार होइन ब्यारेक र प्रविधि चाहिएको छ : एमाले सांसद सिलवाल

    प्रहरीलाई अहिले हतियार होइन ब्यारेक र प्रविधि चाहिएको छ : एमाले सांसद सिलवाल

    अनलाइन नेपाल
  • सोमबार, २७ असार २०७९
  • 918
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद नवराज सिलवालले अर्थतन्त्र तहसनहस भएको बेलामा सरकारले नेपाल प्रहरीका लागि हतियार खरिद गर्न ठूलो रकम रकमान्तर गरेको भन्दै आपत्ती जनाएका छन्।

    कमिसनका लागि नेपाल प्रहरीलाई आवश्यक नै नपर्ने हतियार किन्न लागिएको भन्दै प्रमुख विपक्षी नेकपा एमालेले विरोध जनाएको हो ।



    प्रतिनिधिसभाको सोमबारको बैठकमा पूर्वडीआईजीसमेत रहेका एमाले सांसद नवराज सिलवालले गठबन्धनका नेताहरुलाई पैसा जम्मा गर्न हतियार खरिद गर्न लागिएको बताए ।



    प्रहरीलाई अहिले हतियार होइन ब्यारेक र प्रविधि चाहिएको भन्दै गठबन्धनलाई पैसा जम्मा गर्न र बिचौलियाको कमिसनका लागि डलर अभाव भएका बेला हतियारका नाममा भ्रष्टाचार गर्न लागिएको आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार