Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • श्रीलंकामा विक्रमसिंहेले लिए कार्यवाहक राष्ट्रपतिको सपथ

    श्रीलंकामा विक्रमसिंहेले लिए कार्यवाहक राष्ट्रपतिको सपथ

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 933
    SHARES

    एजेन्सी । श्रीलंकामा प्रधानमन्त्री रनिल विक्रमसिंहेले कार्यवाहाक राष्ट्रपतिको सपथ लिएका छन् ।

    आर्थिक संकट गहिरिएका कारण आन्दोलन चर्किएपछि मुलुक छाडेर माल्दिभस हुँदै सिंगापुर पुगेका राष्ट्रपति गोटाबाय राजपक्षले बिहीबार राजीनामा दिएसँगै कार्यवाहाक राष्ट्रपतिको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री विक्रमसिंहेले शुक्रबार सपथ लिएका हुन् ।



    एनले प्रधानमन्यायाधीश जयन्थ जयसुरियासामू सपथ लिएका हुन् । राजपक्षले नै विक्रमसिंहेलाई बुधबारै कार्यवाहाक राष्ट्रपतिमा नियुक्त गरेका थिए ।



    संविधान अनुसार विक्रमसिंहेले अबको केही समयसम्म कार्यवाहाक राष्ट्रपतिको जिम्मेवारी बहन गर्नेछन् भने शनिबारबाट सुरू हुने त्यहाँको संसद बैठकले नयाँ राष्ट्रपतिको निर्वाचनका लागि प्रक्रिया सुरू गर्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार