Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • युनाइटेडद्वारा मिडफिल्डर क्रिस्टियन एरिक्सन अनुबन्ध

    युनाइटेडद्वारा मिडफिल्डर क्रिस्टियन एरिक्सन अनुबन्ध

    अनलाइन नेपाल
  • शनिबार, ३२ असार २०७९
  • 762
    SHARES

    एजेन्सी । म्यानचेस्टर युनाइटेडले डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सनलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको छ ।

    आयाक्स, टोटनहम, इन्टर मिलान र ब्रेन्टफोर्डका खेलाडीले क्लबसँग ३ वर्षको करार सम्झौता गरेका छन् ।



    ब्रेन्टफोर्डसँगको छोटो करार सकिएपछि जुलाई महिनाको सुरुवातमा नै एरिक्सनले युनाइटेडसँग अनुबन्ध हुने सैद्धान्तिक सहमति जनाएको थिए । नयाँ म्यानेजर एरिक टेन ह्यागको नेतृत्वमा उनी क्लबका लागि दोस्रो नयाँ अनुबन्ध हुन् ।



    टोटनहम र ब्रेन्टफोर्डका लागि एरिक्सनले २३७ प्रिमियर लिगका खेलमा ५२ गोल गर्नुका साथै ६६ वटा गोलको अवसर सिर्जना गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार