Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • ३० हजार घुससहित गाउँपालिकाका अधिकृत पक्राउ

    ३० हजार घुससहित गाउँपालिकाका अधिकृत पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १ साउन २०७९
  • 891
    SHARES

    कैलाली । कैलालीमा एक गाउँपालिकाका अधिकृत घुस रकमसहित पक्राउ परेका छन् ।

    जिल्लाको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा क्षेत्री ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन् ।



    बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत गैरकानुनी कमिशन ३० हजार रुपैयाँसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले जनाएको छ ।



    घोडाघोडी नगरपालिका १ स्थित होटेल नवरत्नबाट बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत गैरकानुनी कमिशन (घुस) मागेको सूचनाको आधारमा क्षेत्रीलाई पक्राउ गरिएको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

    क्षेत्रीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार