Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • वितरण नहुँदै ३२० बोरा नुन डिपो कार्यालयबाटै गायब भएपछि…

    वितरण नहुँदै ३२० बोरा नुन डिपो कार्यालयबाटै गायब भएपछि…

    अनलाइन नेपाल
  • मंगलबार, १७ साउन २०७९
  • 642
    SHARES

    मुगु । सरकारले मुगुको लागि प्रदान गरेको नुन बिक्री वितरण नहुँदै डिपो कार्यालयबाटै गायब भएको छ ।

    सरकारले मुगुको लागि दिइएको ३२० बोरा (१५९ क्विन्टल) अनुदानको नुन वितरण नहुँदै सदरमुकाम गमगढी बजारमा रहेको डिपो कार्यालयबाटै गायब भएको हो ।



    ढुवानीको जिम्मेवारी पाएको रारा छायाँनाथ एयर कार्गो एण्ड ढुवानी सेवाले ल्याएको २ हजार ७०० क्विन्टलमध्ये १५९ क्विन्टल (३२० बोरा) नुन गमगढी स्थित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड डिपो कार्यालय मुगुबाट हराएको ठेकेदारको दाबी छ ।



    आर्थिक बर्ष २०७८/०७९ को लागि पहिलो पटक १५ सय क्विन्टल र दोस्रो पटक १२ सय क्विन्टल गरी कुल २ हजार ७०० क्विन्टल नुन नेपालगञ्जदेखि साल्ट ट्रेडिङ लिमिटेड डिपो कार्यालय मुगुलाई बुझाएको रारा छायांनाथ एयर कार्गो एण्ड ढुवानी सेवाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार