Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गाईजात्रालाई मध्यनजर गर्दै रातारात उठाइयो ‘कोर एरिया’ को फोहोर

    गाईजात्रालाई मध्यनजर गर्दै रातारात उठाइयो ‘कोर एरिया’ को फोहोर

    अनलाइन नेपाल
  • शुक्रबार, २७ साउन २०७९
  • 945
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मुख्य शहर क्षेत्र (कोर एरिया) को फोहोर रातारात उठाइएको छ। कोर क्षेत्रमा पर्ने १२ वटा वडाको फोहोर गएराती उठाएर टेकुस्थित प्लान्टमा लगिएको हो।

    नेवार समुदायले मनाउने गाइजात्रा पर्व आज मनाईंदैछ। विगत दुई सातादेखि काठमाडौं महानगरपालिकाको फोहोर उठेको छैन् ।



    काठमाडौंभित्र थुप्रिएको फोहोरलाई लिएर हिजो बसेको महानगरको नगर कार्यपालिका बैठकमा तीव्र वादविवाद भएको थियो ।



    बैठकमा एमाले–कांग्रेसका वडाध्यक्षहरु मेयर बालेन्द्र साहविरुद्ध आक्रमकरुपमा प्रस्तुत भएका थिए। फोहोरको समस्याको सबै दोष उनीहरुले साहमाथि थोपर्ने प्रयास गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार