Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • बाल मन्दिरको जग्गामा अनुमति नलिइ ‘सपिङ कम्प्लेक्स’

    बाल मन्दिरको जग्गामा अनुमति नलिइ ‘सपिङ कम्प्लेक्स’

    अनलाइन नेपाल
  • शुक्रबार, २७ साउन २०७९
  • 852
    SHARES

    खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अनुमति नलिइ नेपाल बाल मन्दिरको नाममा रहेको जग्गामा सपिङ कम्प्लेक्स व्यापारिक केन्द्र तथा चिल्ड्रेनपार्क बाल उद्यान निर्माण गरेको खुलेको छ ।

    दिक्तेलबजारको रत्नपार्कमा चार करोड ३७ लाख ८४ हजार ७५१ खर्च गरेर बनाइएको सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्कको जग्गामा नेपाल बाल सङ्गठन केन्द्रीय कार्यालय, बाल मन्दिर, नक्साल, काठमाडौंले आफ्नो स्वामित्व दाबी गरेपछि यस्तो खुलासा भएको हो ।



    बाल मन्दिरको नाममा रहेको कित्ता नम्बर ११६४ मा पर्ने १ रोपनी सात आना ३ पैसा दुई दाम जग्गामा बिना अनुमति व्यवसायिक भवन बनाएर भाडामा लगाइएको पाइएको छ । नेपाल बाल मन्दिरको नाममा रहेको जग्गामा अनुमतिबिना व्यापारिक भवन तथा बालबालिकाको खेलमैदान निर्माणगरी भाडामा दिन लागेको बारे मौखिक जानकारी प्राप्त भएपछि रोक्का गर्न पत्राचार गर्दा हालसम्म प्रत्युत्तर प्राप्त नभएको बाल सङ्गठनले जनाएको छ ।



    सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क गत फागुन–३ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तत्कालीन नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले औपचारिक रुपमा उद्घाटन गरेको थियो । निर्माण कम्पनी उमा–लामा–अनशुबी जेभीले ठेक्का लिएको सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क विसं २०७८ जेठ–६ गते शिलान्यास गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार