Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • काठमाडौंको फोहोर बञ्चरेडाँडामा फाल्न अवरोध नगर्ने चार बुँदे सहमति

    काठमाडौंको फोहोर बञ्चरेडाँडामा फाल्न अवरोध नगर्ने चार बुँदे सहमति

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 942
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको फोहोर बञ्चरेडाँडामा फाल्ने क्रममा भइरहेको अवरोध हटाउन चार बुँदे सहमति भएको छ ।

    उपत्यकाको फोहोर बञ्चरेडाँडामा लैजाँदा उत्पन्न समस्याबारेमा छलफल गर्न बसेको काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित पालिकाका पदाधिकारीको बैठकले चार बुँदे सहमति गरेको हो ।



    फोहोर बोकेर आएको गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, जथाभाबी फोहोर फाल्न नपाउने, बञ्चरेडाँडामा फोहर थुपार्ने ठाउँमा गन्ध नआउने औषधि छर्किनुपर्ने र गएको जेठ २६ गते भएको सहमति कार्यान्वयन गर्दै जाने सहमति भएको छ ।



    बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल र धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल सहभागी थिए ।

    यस्तै छलफलमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनीबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्यलगायत जनप्रतिनिधि तथा केही स्थानीयवासीको पनि सहभागीता रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार