Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 705
    SHARES

    फाइल फोटो

    काठमाडौं । सुनको मूल्य बिहीवार प्रतितोला ३०० रुपैयाँले घटेको छ । बुधवारको तुलनामा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ९०० रुपैयाँ कायम गरिएको छ । बुधवार उक्त सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।



    त्यस्तै, तेजाबी सुनको मूल्य बिहीवार प्रतितोला ९५ हजार ४०० रुपैयाँ कायम गरिएको छ । बुधवार तेजाबी सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।



    आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले कम भएको छ । अघिल्लो दिन १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीवार प्रतितोला १ हजार १९५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार